घरमा काम गर्ने किशोरी बलात्कार गरेको आरोपमा आयल निगमका पूर्वप्रवन्धक शर्मा पक्राउ


काठमाडौं ।

नेपाल आयल निगमका पूर्वप्रवन्धक युवराज शर्मा बलात्कार आरोपमा पक्राउ परेका छन् ।

शर्मामाथि आफ्नै घरमा का मगर्ने किशोरीलार्इ बलात्कार गरेको अभियोग छ । अाजकाे दृष्टि साप्ताहिकमा समाचार छ ।

शर्मालाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरी अनुशन्धान गरिरहेको छ दुवै घटनाको अनुशन्धानमा प्रहरी निकै दवावमा परेको छ । पिंगलास्थान बस्ने ६४ वर्षय शर्मा कांग्रेस नेता खुमबहादुर खडेकाका जेठान हुन् ।

अकूत सम्पत्ति कमाएको आरोपमा आदलतले उनलाई भ्रष्टाचारी ठहर गरिसकेको छ । शर्माले आफुलाई पटक–पटक बलात्कार गरेको पीडित किशोरीले उजुरी दिएकी छिन् । 

किशोरीका दुाजु बहिनी नै उक्त घरमा काम मगर्दै आएका थिए । घरमा अरु पनि व्यक्ती भएका बेला पनि बलात्कार गर्ने गरेको उजुरीमा उल्लेख छ । उनलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

यस्तै  गत शुक्रबारदेखी चर्चित पत्रकार केदार कोइराला प्रहरी हिरासतमा छन् । आफ्नै घरमा कामगर्ने किशोरीलाई तीन वर्षदेखी बलात्कार गरेको गम्भीर आरोप उनीमाथी लागेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...