सुरुङमा फसेका सहकर्मीको उद्धारका लागि गएका २१ जनाको मृत्यु


काठमाडौं - इरानमा एक कोइला खानीमा फसेका व्यक्तिलाई उद्धार गर्न गएका बेला विस्फोट हुँदा कम्तिमा २१ जना माइनर्सको ज्यान गएको छ । 

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा फसेका सहकर्मीलाई उद्धार गर्न गएका २१ जना खानीमा काम गर्ने व्यक्तिको शव निकालिएको सरकारी समाचार संस्थाले जनाएको छ । घटनामा झण्डै ७० जना घाइते भएका छन् । 

गोलेस्तान प्रान्तको कोइला खानीको सुरुङमा काम गरिरेका बेला फसेका ३२ जना सहकर्मीको उद्धारका लागि गएका बेला विस्फोट हुँदा २१ जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । ग्यास चुहावट भएका कारण विस्फोट भएको हो । 

विस्फोट लगतै उद्धारको काम सुरु भएको थियो । तर फसेका ३२ जनाको बारेमा अहिलेसम्म केही जानकारी आएको छैन । ज्यान गुमाएने सबै सुरुङमा फसेका सहकर्मीको उद्धारका लागि गएका खानी कर्मी रहेको बिबिसीले जनाएको छ । 

उनीहरु सुरुङको १३ सय मिटर भित्र फसेको अनुमान गरिएको छ । उनीहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

२०७४ बैसाख २१ मा प्रकासित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...