दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

  • एजेन्सी ।

दक्षिण कोरियामा उन्नाइसौं प्रत्क्षय कार्यकारी राष्ट्रपति चयनका लागि मंगलबार बिहानैदेखि मतदान मतदान भइरहेको छ। बिहान ६ बजेदेखि देशभरका तेह्र हजार नौ सय चौसठ्ठी मतदान केन्द्रमा मतदान सुरू भएको निर्वाचन आयोगले जनाएको छ।

मतदान साँझ आठसम्म जारी रहनेछ। मतपरिणामको औपचारिक घोषणा बुधबार बिहान दुई बजे भित्र हुनसक्ने बताइएको छ। मतदान सकिएपछि प्रारम्भिक चुनावी नतिजा तथा मतसर्वेक्षण सार्वजनिक हुनेछ। ८० प्रतिशत भन्दा बढी मत खस्ने राष्ट्रिय निर्वाचन आयोगको अनुमान छ। यसअघि दुई दिन भएको अर्लि भोटिङ अर्थात अग्रिम मतदानमा कुल मतदाताको छब्बिस दशमलब एक प्रतिशत मत खसेको थियो।

गत डिसेम्बरमा भ्रष्ट्राचार काण्डमा तात्कालिन राष्ट्रपति पार्क गुन्हे अपदस्थ भएपछि रिक्त रहेको रास्ट्रपति पदको लागि निर्वाचन हुन लागेको हो। धेरै जसो मतदाताले रूढिवादी दललाई परास्त पार्नुपर्ने पक्षमा छन् भने केही समर्थकहरू पार्क बचाउनको सुरमा छन्।

चुनावी मैदानमा तेह्र उम्मेद्वारबीच टकराव भए पनि मुख्य तीन उम्मेद्वारबीच कडा प्रतिशाप्रर्धा हुने देखिएको छ। यद्यपी लिबरल डेमोक्रयाटिक पार्टीका उम्मेद्वार मुन जे इन अन्यभन्दा अग्रस्थानमा देखिएका छन्। मून जे इनलाई टक्कर दिन प्रोग्रेसिभ जस्टीस पार्टीका सिम सङ जङ, रुढिवादी लिबर्टी कोरिया पार्टीका उम्मेद्वार हङ जुन प्यो र आन छल सुल रहेका छन्। 

तर सार्वजनिक मत सर्वेक्षणले अन्य प्रतिश्पर्धी उम्मेद्वारभन्दा मुन जे इन धेरै मतान्तरले अगाडि रहेको देखाएका छन्। मत सर्वेक्षणको परिणाम यथावत रहेमा मून जे इन कोरियाको नयाँ राष्ट्रपति बन्ने सम्भावना देखिन्छ।

२०७४ बैसाख २६ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...