निर्वाचनको मुखैमा माओवादी केन्द्रमा अर्को ठूलो पहिरो,पाँच केन्द्रीय सदस्यसहित दुई दर्जन कार्यकर्ताद्धारा राजिनामा

  • काठमाडौं ।

स्थानीय निर्वाचनको मुखैमा माओवादी केन्द्रमा अर्को ठूलो पहिरो गएको छ ।

माओवादी केन्द्र माफिया र ठेकेदारको डिजाइनमा चलेको भन्दै सो पार्टीका पाँच केन्द्रीय सदस्यसहित दुई दर्जन बढी नेता कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन् ।

साथै स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट दिइएको उम्मेदवारीप्रति पनि उनीहरूले चर्को असन्तोष ब्यक्त गर गरेका छन् ।आइतबार उनीहरूले सामुहिक राजीनामा दिएका हुन् ।

निर्वाचनमा मनपरी ढंगले उम्मेदवार बनाएको र इतिहास बोकेका सच्चा इमान्दार योद्धाहरूलाई छुरा रोप्ने काम भएकले आफूहरूले पार्टी परित्याग गरेको उनीहरूले विज्ञप्तिमार्फत् जनाएका छन् ।

यसरी राजीनामा दिने केन्द्रीय सदस्यहरूमा रमेश मोक्तान, सरोज तामाङ, विकेन्द्र भुलून, राजेश लामा र संजय घिसिङ रहेका छन् ।

राम्रा र इमान्दार कार्यकर्ताको पार्टीमा कुनै पनि स्थान र सम्मान हुन् छाडेकाले राजीनामा दिएको उनीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...