महिलाहरु किन सहजै यौन सम्पर्कका लागि तयार हुँदैनन ? कारण यस्तो छ

  • एजेन्सी ।

केटा अर्थात पुरुषको तुलनामा महिलाहरु यौन सम्पर्कका लागि सजिलैं तयार हुँदैंनन् भन्ने कुराको जीव वैज्ञानिक आधार पनि छ । 

त्यसका बारेमा पनि छोटकरीमा चर्चा गरौं । जीव वैज्ञानिक आधारमा कुरा गर्ने हो भने महिला तथा पुरुषमा आधारभूत भिन्नताहरु छन् र यो कुरा उनीहरुको यौन क्रियाकलापमा पनि लागु हुन्छ । जीव वैज्ञानिक रुपमा कुनै पनि जीवित प्राणीको ध्यये आफ्नो प्रजातिको विस्तार गर्नु हो, जसका लागि सबल सन्तान जन्माउने मात्र होइन्, त्यसलाई राम्रोसँग हुर्काउनु पनि पर्ने हुन्छ । 

त्यसैले पनि महिलाले यौन सम्पर्क राख्नु भनेको अभिभारा बहन गर्नु पनि हो । महिलाहरु सन्तानलाई स्तनपान गराउने वा हेरचाह गर्ने मात्र होइन्, भविष्यमा आफ्नो र सन्तानको खाना र सुरक्षाको प्रत्याभूतिलाई पनि मध्यनजर गर्छन । 

त्यसका लागि सामान्यतः महिलाले गर्भधारण गर्नुअघि नै कुन पुरुषले आफूलाई दीर्घकालीन साथ दिन्छ वा दिदैंन, आफू र जन्मिने सन्तानप्रति समर्पित रहन्छ वा रहँदैंन र सन्तान सबल बनाउन तथा उसलाई हुर्काउन खाना अनि सुरक्षाजस्ता कुराको ब्यवस्था गर्न सक्छ कि सक्दैन भन्ने कुराका बारेमा पनि विचार गर्छन । यी कुरा महिलाले सचेत रुपमा सोचेर गर्नेभन्दा पनि जीव वैज्ञानिक रुपमा स्वभाविक रुपमै पनि हुन्छ । 

अहिलेको आधुनिक समाजमा पनि विभिन्न रुपमा यसलाई सिकाइएको पाइन्छ । यिनै कारणहरुले महिलाहरु पुरुषको तुलनामा सहज रुपमा यौन सम्पर्क गर्न मान्दैनन् । अर्को किसिमले यौन सम्पर्कको नियन्त्रण आफूमा राख्नु महिलाहरु शक्तिशाली स्थितीमा हुनु पनि हो । 

तपाईंको सम्बन्धप्रतिको प्रतिवद्धता, समर्पण अनि भावि सन्तानको हेरचाह र सुरक्षाको प्रतिभूति हुने किसिमको सम्बन्ध तपाईंहरुबीच हुनु आवश्यक छ । यौनसम्पर्कका लागि विवाहसम्म पर्खने कुरा पनि यसैसँग सम्बन्धित छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...