उसको वीर्य स्खलन हुन तीनचार घण्टा लाग्छ ! म सक्दिन.... (डाक्टर पटेलको सुझाबसहित)


एजेन्सी ।

माथि सोधिएको प्रश्न एक युवतीको मात्र नभएर कयौं महिला साथीहरुको पनि हुनसक्छ । त्यहि कुरालाई मध्यनजर गर्दै यसबारे महिला डा.  प्रनिता पटेलको सुझाब यस्तो छ ।

तपाईंको प्रेमीको जस्तो समस्या थोरैलाई हुन्छ । तपाईंको पार्टनरलाई ढिलो पतन भएको हुन सक्छ । सामान्यतया सम्भोग गर्दा पुरुष पाँचसात मिनेटमा चरमसुख प्राप्त गर्छ । तर, ढिला पतनको समस्या हुनेलाई चरम सुख प्राप्त गर्न धेरै समय लाग्छ, आधा घण्टादेखि एकदुई घण्टासम्म पनि ।

यौन इच्छा र लिंगको कडापन सामान्य मानिसको जस्तै भए पनि ढिला पतन भएको व्यक्तिको वीर्य स्खलन नै हुँदैन । यस्तो समस्या थोरै पुरुषलाई हुन्छ । ढिला पतनभन्दा शीघ्र पतनको समस्या हुने पुरुष धेरै छन् ।
ढिला पतनलाई वरदान मान्नेहरू पनि छन् । तर, यो एक समस्या हो । केही जोडी लामो समय यौन आनन्द प्राप्त गर्न ढिला पतनलाई सहायक मान्छन् । तर, सम्भोगमा धेरै तल्लीन रहँदा योनिमा घाउ हुने र दुख्ने समस्या निम्त्याउँछ ।

युके सेक्सुअल डिस्फंक्सन एसोसिएसनका अनुसार ढिला पतनका कारण मानसिक चिन्ता, प्रोस्टेटसम्बन्धी शल्यक्रिया, उदासीनता, मदिरापान तथा केही औषधिको सेवन हुन् । शारीरिक थकान, सम्बन्धमा चिसोपन, यौन सम्पर्कमा राम्रो गर्न सक्दिनँ कि भन्ने चिन्ता आदि कारणले पनि ढिला पतन हुन्छ । यी विभिन्न कारण पहिचान गरी यसको उपचार गर्नुपर्छ ।

अर्को कुरा तपाईं प्रिम्याच्योर इजाक्युलेसनबाट ग्रस्त हुनुुहुन्छ भने स्प्रे प्रयोग गर्दा खासै फरक पर्दैन । तर, रमाइलोका लागि स्प्रे प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो यौन साथीलाई दुःख त दिनु हुन्छ नै, तपाईं आफूले पनि खासै आनन्द लिन सक्नुहुन्न । साथै, तपाईंको साथी गर्भवती हुनुहुन्छ, तपाईंलाई मुटुसम्बन्धी रोग या उच्च रक्तचाप छ भने यो प्रयोग गर्नै हुँदैन । यस्तो अवस्थामा यसले नराम्रो असर गर्छ । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

Loading...