पैसाको झोला बोकेर गाउँ पसेका काँग्रेस सचिव घुस दिदादिदै रंगेहात पक्राउ (भिडीयोसहित)

  • नुवाकोट ।

चुनावको मौन समयसँगै पैसाको झोला बोकेर गाउँ पसेका काँग्रेस नेतालाई मतदाताले नियन्त्रणमा लिएका छन् ।

विदुर नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाई सुरेन्द्रराज अधिकारीलाई विहिबार मध्यराति स्थानीयवासीले पैसासहित नियन्त्रणमा लिएका छन् । दलित मतदातालाई पैसा बाँड्न लागेको बेला नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।

अधिकारसँग पैसा बाँड्न विदुर नगरपालिका वडा नं. ९ दशमुरेचौतारोस्थित मिजार वस्तीमा पुगेका त्रिभुवन त्रिशूली माविका शिक्षक नवराज आचार्य र उत्तरगया अंग्रेसी विद्यालयका प्रिन्सिपल सुनील श्रेष्ठलाई समेत नियन्त्रणमा लिइएको छ ।

उनीहरुको साथमा भएको पैसा प्रहरीले बरामत गरेको छ भने तीनै जनालाई राति नै छाडेको प्रहरीले बताएको छ ।नेकपा एमाले विदुरका मेयर पदका उम्मेदवार सन्जु पण्डितले मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोटमा कारवाहीको माग गर्दै उजुरी दिएका छन् ।

हेर्नुहोस् भिडियो (भिडीयो श्रोत : अन्नपूर्ण)


२०७४ बैसाख २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...