माओवादीका केन्द्रीय नेताले एमाले कार्यकर्ताको हत्या गर्न लगाएको खुलासा


काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेताहरूसहितको टोलीले दोलखामा एमाले उम्मेदवारका छोराको हत्या गरेको खुलासा भएको छ ।

मंगलबार राति ९ बजे गौरीशंकर गाउँपालिका वडा नं. २ जुगुमा निलकण्ठेश्वर माविको प्रांगणमा गोरेबहादुर तामाङका छोरा कुलबहादुर तामाङको हत्या भएको पत्रकार गणेश बस्नेतले जानकारी दिए । तामाङ वडा नं. दुईमा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार हुन् ।

माओवादी नेतृ देवी खड्का, नेता विशाल खड्काको नेतृत्वमा रहेको टोलीले कुलबहादुर तामाङको हत्या गरेको प्रत्यक्षदर्शी पत्रकार बस्नेतले बताएको दैनिक नेपालले उल्लेख गरेको छ ।

एमालेका सांसद पार्वत गुरुङका अनुसार माओवादी नेतृ देवी खड्काले १७ राउण्ड गोली चलाएर एमाले कार्यकर्ता बसेको सेल्टरमा आक्रमण गरेकी थिइन ।

एमालेका सांसद गुरुङले भने, ‘चुनावी प्रचार–प्रचार सकाएर आराम गरिरहेका हाम्रा कार्यकर्ता बसेको सेल्टरमा चारैतिरबाट घेरा हालेर माओवादीले आक्रमण गरे, कुलबहादुर तामाङलाई घिसार्दै विद्यालयको आँगनमा लगेर कुटपिट गरे त्यसपछि स्कुल मुनी फालिदिए ।’

उनले दोषीलाई कारबाहीको माग गरेका छन् । नेकपा एमालेले चुनावी अभियानमा खटिएका आफ्ना युवा कायकर्तामाथि माओवादी केन्द्रबाट भएको आक्रमण र हत्याको निन्दा गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...