किन गरे एउटै डोरीमा झुण्डिएर आमाछोराले आत्महत्या ?

काठमाडौं ।

छत्रकोट गाउँपालिका–२ पल्लीकोटमा गत शुक्रबार आमाछोरा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परे। साँझ पौने ६ बजे पल्लीकोटकी २० वर्षीया शीतल परियार र उनका दुई वर्षीय छोरा प्रवेश झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। 

यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। प्रहरीले मंगलबार मात्र घटना सार्वजनिक गरेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार पहिलाछोरालाई प्लास्टिकको डोरीले पासो लगाएर पछि आमाले त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो। 

शीतलका श्रीमान् पदम रोजगारीका लागि दुबईमा छन्। घरायसी विवाद बढ्दै गएकाले मानसिक तनाव सहन नसकेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताए। 

केही महिनाअघि सानो एउटा घर बनाएको ५०–६० हजार ऋण थियो। त्यसैलाई लिएर श्रीमान्ले बारम्बार फोनमा तनाव दिने गरेको बुझिएको यादवले बताए। शीतलका ४२ वर्षीय ससुरा कासीराम परियारले जाहेरी दिएका छन्। छोरो वैदेशिक रोजगारीमा रहेका वेला बुहारी र नातिको मृत्युले पीडा दिएको उनले बताए। 

उनले छोराबुहारीबीचको खटपट आफूलाई जानकारी नभएको बताए। गत साउनदेखि अहिलेसम्म जिल्लामा ३८ जनाले आत्महत्या गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालयमा छ। साउनमा चार, भदौमा चार, असोजमा तीन, कात्तिकमा तीन, मंसिरमा पाँच, पुसमा चार, माघमा ६, फागुनमा चार, चैतमा दुई र २४ वैशाखसम्म तीनजनाले आत्महत्या गरेका छन्।

२०७४ बैसाख २८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...