कम्युनिष्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी गिरफ्तार



आश तमु, पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी ‘ जगन ‘ मंगलवार साझ पोखरा छोरेपाटनबाट पक्राउ परेका हुन् ।

स्थानीय निर्वाचनको विरोध गरिरहेको नेपाल क्म्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई उच्च निगरानीमा राखेको प्रहरीले कास्की जिल्ला सेक्रेटरी जगन लाई नियन्त्रणमा लिएको जनाएको छ ।

निर्वाचन विरोधी गतिविधि हुन नदिन उनलाई पक्राउ गरिएको स्रोतले बतायो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई साझ ७ बजे छोरेपाटनबाट नियन्त्रणमा लिएको हो ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अबस्थामा उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले जनाएको छ ।

  २०७४ बैशाख २६ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...