अनेम संघ क्रान्तिकारीकी नेतृ गिरफ्तार परेपछि अध्यक्ष चन्दको आयो कडा विज्ञप्ति


राजिव चन्द, काठमाडौं ।

हाम्रो संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय समिती सदस्य तथा पश्चिम् ताम्सालिङ ब्यूरो सम्योजक बिष्णु कोइरालालाई प्रहरीले चितवनबाट गिरफ्तार गरेको छ ।

चितवनको भरतपुरस्थित हकिमचोक नजिकै रहेको आफ्नै घरमा बसिरहेको अवस्थामा कोइरालालाई मंगलबार पक्राउ गरेको हो ।

गिरफ्तारको घटनाप्रति गम्भीर आपत्ति जनाउदै संगठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले तत्काल रिहाइको माग गरेकी छिन ।

'कथित निर्बाचनको बहाना बनाएर घरमै बसिरहेका, आफ्नो काममा हिडिरहेका नेकपा सम्बद्ध तथा समर्थक कार्यकर्ता, जनतालाई बिनाकारण गिरफ्तार गर्ने झुठो मुद्दामा फसाउने कार्य यो दलाल सरकारको कायरताको पराकाष्ट हो।' अध्यक्ष चन्दले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेकी छिन ।

आफ्नो बिचारको मत राख्न पाउने लोकतान्त्रिक अधिकारको प्रशासनले धज्जी उडाएको भन्दै अध्यक्ष चन्दले गिरफ्तारीको घोर भर्त्सना गरेकी छिन ।

'कहिले बच्चासहितका आमालाई मध्यरातमा गिरफ्तार गर्ने, कहिले घरमै बसेका महिलालाई घरबाटै गिरफ्तार गर्नेजस्ता कार्यले प्रचण्ड सरकार कति आतंकित मानसिकतामा छ भन्ने कुरा प्रष्ट छ ।' विज्ञप्तिमा भनिएको छ ।

चुनाव बहिस्कार र खारेजीको पक्षमा उभिएको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता देशभरबाट गिरफ्तार परिरहेका छन् ।

चुनाव नजिकिदै जाँदा चुनावविरोधी गतिविधि बढेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०७४ बैसाख २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...