भरतपुरको मतगणना १७ गतेसम्मका लागि स्थगित, छानबिन समिति गठन

  • भरतपुर ।
भरतपुर महानगरपालिकाको मतगणना प्रकरणबारे छानबिन गर्न निर्वाचन आयोगले सहन्यायाधिवक्ताको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका डीआईजी सदस्य रहने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा ३ अनुसार समिति गठन भएको हो । समितिले १७ गतेसम्ममा प्रतिवेदन बुझाउनेछ । प्रतिवेदनका आधारमा आयोगले थप निर्णय गर्नेछ । १७ गतेसम्म मतगणना कार्य स्वतस् रोकिने भएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...