भरतपुरमा माओवादी र काँग्रेसबीच खटपट, रेणु दाहाललाई अन्तर्घात भएको भन्दै आक्रोश पोखियो

  • भरतपुर । 

भरतपुर नगरपालिकामा माओवादी र काँग्रेसबीच मतपरिणामलाई लिएर अहिलेबाटै खटपट देखिन थालेको छ ।

काँग्रेस माओवादी गठबन्धनबाट भरतपुर वडा नम्बर १ को वडा अध्यक्ष जितेका काँग्रेसका उम्मेदवार जयराम श्रेष्ठले ११७७ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्द्धी नेकपा एमालेकी गीता श्रेष्ठले ११६३ मत प्राप्त गरिन् ।

काँग्रेसले जिते पनि मेयरमा भने माओवादी केन्द्रकी रेणु दाहालले यो वडाबाट निकै कम मत प्राप्त गरेकी छिन् । यो वडाबाट एमालेका ज्ञवालीले १५१३ मत पाउँदा दाहालले ११३५ मत मात्र प्राप्त गरेकी छन् । काँग्रेस-माओवादी गठबन्धनबाटै उपमेयरको उम्मेदवार बनेकी पार्वती शाहले भने १४०१ मत ल्याएकी छन् भने एमालेका दिव्या शर्माले ११८८ प्राप्त गरेकी छन् ।

माओवादीसँगको गठबन्धनका कारण काँग्रेसले वडाअध्यक्ष जिते पनि मेयरमा भने दाहाललाई भोट नदिएको माओवादी कार्यकर्ताको आरोप छ ।

भरतपुरको वडा नम्बर १ को वडा अध्यक्ष जितेपछि काँग्रेस कार्यकर्ताहरु विजय जुलुस निकालेका छन् भने माओवादी केन्द्रका कार्यकर्ताहरु अन्तरघात भएको भन्दै आक्रोश पोखिरहेका छन् ।

ताजा मत परिणाम अनुसार एमालेका देवी ज्ञावाली २४५९ मत सहित अग्र स्थानमा छन् भने १६२९ मत 
सहित रेणु भारी मत अन्तरले पछाडि परेकी छिन ।

,

प्रतिकृया दिनुहोस्

Loading...