गलकोट– ६ र ७ मा माओवादी केन्द्रको प्यानल नै विजयी



बागलुङ । 

गलकोट नगरपालिका वडा नं ६ र ७ मा नेकपा (माओवादी केन्द्र) विजयी बनेको छ । दुवै वडामा अध्यक्षसहित केन्द्रको प्यानलनै विजयी बनेको हो । 

वडा नं ६ मा ४५५ मत ल्याएर नरबहादुर खत्री विजयी भएका छन् । बाँकी सदस्यमा पनि केन्द्रले जित हात पारेको छ । 

यस्तै, वडा नं ७ पनि केन्द्रका अध्यक्षसहित प्यानलनै विजयी बनेको छ । अध्यक्षमा टीकाबहादुर थापाले ३६१ मत ल्याएर विजयी बने ।

,

प्रतिकृया दिनुहोस्

Loading...