नेपाल कम्युनिस्ट पार्टीले माल्कोट हत्याकाण्डविरुद्ध देशभर विरोध प्रदर्शन गर्दै

  • काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नकेपा)ले सरकारले कालिकोटको माल्कोटमा मच्चाएको फासिष्ट दमनको विरोधमा आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।

सरकारले अधिकारका लागि संघर्षरत जनतामाति फासिवादी शैलीमा दमन गरेर अधिकार लागि लडिरहेका जनताको हत्या गरेको भन्दै नेकपाले विरोध प्रदर्शन गर्न लागिएको हो । विरोध प्रदर्शन मगलबार दिउँसाे २ बजे अायाेजना गरिदैँछ ।

हिजो सोमबार नेकपाका महासचिव विप्लवले ‘दलाल संसदीय व्यवस्थाविरुद्ध संघर्षमा उत्रिएका माल्कोटका जनताले चुनाव खारेज गरेपछि प्रचण्ड सरकार फासिष्ट रुपमा जनताका विरुद्ध दमनमा उत्रिएको’ बताउँदै सरकारको फासिवादी दमनका विरुद्धमा विरोध प्रदर्शन गर्न लागेको प्रष्ट पारेका छन् ।

महासचिव विप्लवले जनविरोधी दलाल संसदीय व्यवस्थाको विरोध गर्नु जनताको अधिकार भएको बताएका छन । ‘दृढतापूर्वक जनयुद्ध लडेर अपुरणीय बलिदान गरेका माल्कोटका जनतामाथि अपराधिक शैलीमा दमन गर्नु हदैसम्मको निन्दनीय कार्य भएको’ बताउँदै प्रचण्ड प्रतिक्रियावादी सत्ताको दलदलमा फस्दै गइरहेको प्रमाण हो’ भनेका छन् ।

यसका साथै दलाल संसदीय व्यवस्थाविरुद्ध माल्कोटका जनताले देखाएका सहासिक प्रतिरोधलाई सबैलाई अनुसरण गर्नुपर्ने औल्याउँदै भनेका छन् ‘दमनको उचित प्रतिरोध गरिछाड्नेछ ।’

आजको देशव्यापी विरोध सभा र प्रदर्शनमा सहभागी भएर फासिष्ट सरकारको दमनको प्रतिवाद गर्न अपिल समेत महासचिव विप्लवले गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...