दुखद खबर : धादिङमा बस दुर्घटना, ६ को मृत्यु, २० बढी घाइते

  • धादिङ ।

जिल्लाको गोलाभञ्याङस्थित भकारे भन्ने ठाउँमा बस दुर्घटना भएको छ । निलकण्ठ नगरपालिका वडा नं. १० गोलाभञ्ज्याङ स्थित भकारेमा दुर्घटना भएको छ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २० भन्दा बढि घाइते भएका छन् । प्रहरीका अनुसार मृतको सनाखत हुन सकेको छैन् । गोला भन्ज्याङबाट त्रिपुरेस्वरको खहरे बजारतर्फ जाँदै गरेको बोर्डिङ स्कूलको बस ग १ ख ३८०५ नम्बरको दुर्घटनामा परेको हो ।

उक्त रुटमा चल्ने गाडी बिग्रेपछि उक्त स्कूल बसलाई यात्रु लिनको लागि बोलाइएको बताइएको छ । बिग्रेको बसबाट सबै यात्रु स्कुल बसमा राखेर छ्तमा सामान बाँध्ने क्रममा रोकेर राखेको बस ओरालोमा गुडेर दुर्घट्ना भएको जनाएको छ ।

घटनाको विस्तृत विवरण आउँन बाँकि छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...