भरतपुरमा विवाद मिल्यो, मतगणना पुनः सुचारू

  • भरतपुर ।
मतपेटिकाको सिल सम्बन्धी विवाद समाधान भएपछि भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । वडानम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको थियो ।

मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको भन्दै दलका प्रतिनिधिहरुले विवाद झिकेका थिए । 

तर, पछि छानबिनको क्रममा डायरीमा टिपोट गरिएको सिल नम्बर खालि मतपेटिकाको रहेको खुलेपछि विवाद समाधान भएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...