भोट माग्न गएका एमाले उम्मेद्वारलाई पूर्वएमाले कार्यकर्ताहरुले किन कुटे ? यस्तो छ कारण

  • झापा । 
नजिकिँदो स्थानीय तहको दोस्रो निर्वाचनका लागि भोट माग्न पुगेका एमाले वडाध्यक्ष उम्मेदवारमाथि झापामा कुटपिट भएको छ 

अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका रमेश त्रिखत्रीलाई पूर्वएमाले कार्यकर्ता एवम् स्थानीय अर्जुनधारा माविका शिक्षक भोला पौडेलले कुटपिट गरेका हुन् ।

पार्टी हित विपरित कार्य गरेको भन्दै कारबाही गरिएको पौडेलको घरमा शनिबार भोट माग्न पुगेका त्रिखत्रीमाथि कुटपिट भएको एमालेले जनाएको छ ।साथै, वडा सदस्यका उम्मेदवार कमल निरौलामाथि पनि दुव्र्यवहार गरिएको एमाले कार्यकर्ताले जनाएका छन् ।

कुटपिटपछि प्रहरी चौकी शनिश्चरेले पौडेललाई नियन्त्रणमा लिएको थियो । लगत्तै एमालेका जिल्ला कमिटी सदस्य भोला परियार, क्षेत्रीय सचिव पुण्य सुवेदी, नगर अध्यक्ष प्रेमसागर सापकोटासहितको छलफलले समझदारीमा यो विवाद सामधान गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...