पोलिटब्यूरो सदस्यसहित दश केन्द्रीय नेताद्वारा माओवादी केन्द्र परित्याग

  • काठमाडौं। 

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित दश जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनकाबेला सुदूर पश्चिमबाट माओवादी केन्द्रका १० केन्द्रीय नेताले पार्टी परित्याग गरेका हुन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल रतोकी सहित केन्द्रीय सदस्यहरु दीपक साउद, रामनाथ योगी, भुवनदेव भट्ट, मनिलाल विक र गोपाल रतोकी, अमरसिंह रतोकी, दार्चुलाका रमेश रैथेला र राजेन्द्र बोहरा,  सूर्यप्रकाश भण्डारीलगाएतका केन्द्रीय सदस्यले शनिवार विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

माओवादी केन्द्र परित्याग गरेका उनीहरूले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...