बिहीबार बिहानदेखि प्रहरीद्वारा कम्युनिष्ट पार्टीका ३ नेता कार्यकर्ता बेपत्ता

  • रौतहट । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३ जना नेता तथा कार्यकर्ताहरूलाई प्रहरी बिहिबार बिहान ४ बजेदेखि गिरफ्तार गरेर बेपत्ता बनाएको छ ।

रौतहट जिल्ला सचिवालय सदस्य होमप्रकाश गौतम, जिल्ला सचिबालय सदस्य विशाल लामा र पार्टी सदस्य भुपाल राईलाई रौतहट चन्द्रनिगाहपुर नगरपालिकाको बागमतीबाट प्रहरीले बिहीबार बिहानै गिरफ्तार गरी बेपत्ता बनाएको नेकपा रौतहटद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेकपा रौतहटका इञ्चार्ज विजयलाल सिंह र जिल्ला सेक्रेटरी विष्णु बरालद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्ति अनुसार नेपाल प्रहरीका डिएसपी यादव ढकालको नेतृत्वमा रहेको टोलीले तीन जना नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेर लगेको हो ।

जारी विज्ञप्तिमा संकटकालको स्मरण हुने गरेर सुरक्षा निकायबाट गविविधी गरेको आरोप नेकपाले लगाएको छ । नेकपाले पक्राउ परेका आफ्ना तीन जना नेताहरूलाई रिहाइ गर्न माग पनि गरेको छ ।

गिरप्तार आफ्ना नेता कार्यकर्ताहरुको अबस्था अहिलेसम्म सार्बजनिक नगरी अज्ञात राखिएको नेकपाले जनाएको छ । यसरी नेता कार्यकर्तालाई गैर न्यायिक तरिकाले बेपत्ता पारेकोमा नेकपाले गम्भिर आपत्ती जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन खारेजी अभियान सुरु गरेपछि प्रचण्ड सरकारले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता 'देख्नेबित्तिकै समात्न' समेत आदेश दिएको थियो । 

उक्त आदेशपछि प्रहरीले बिना कारण आफ्ना नेता कार्यकर्तालाई खोजी-खोजी गिरफ्तार गर्न थालेको भन्दै नेकपाले आपत्ति जनाउदै आएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...