काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर विजयी

  • काठमाडौं । 

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् ।

१३ दिनसम्म चलेको मत गणना शनिबार मध्यरातमा सकिएपनि औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ ।

मेयरमा विजयी शाक्य र उनका निकटमत प्रतिद्वन्द्वी राजुराज जोशीको मतान्तर १९ हजार छ । यस्तै भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित नेमकिपाका सुनिल प्रजापतिले पनि १९ हजारकै मतान्तरमा जित हात पारेका थिए ।

तर, काठमाडौंको उपमेयरमा खड्गीले भने २४ हजार बढी मतान्तरले जित हात पारेकी छन् । खड्गीले ५८ हजार ९५२ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए । उनलाई एमालेको पनि समर्थन थियो ।

उपमेयरमा निर्वाचित खड्गीले निकटमत प्रतिद्वन्द्वीलाई २४ हजार बढी मतान्तरले पराजित गरिन् । यो पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले हात पारेको सबैभन्दा ठूलो मतान्तर हो । तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...