सिलवाललाई आईजीपी बनाएरै छाड्ने सुशीलाको तयारी, कुरा बुझेपछि फायर भए महान्यायाधिवक्ता


काठमाडौं ।

प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा दायर रिटको पेसी बिहीबार पनि स्थगित भएको छ । 

प्रहरी महानिरीक्षकमा प्रकाश अर्यालको नियुक्तिपछि डिआइजीमा नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ २८ वैशाखका लागि राखिएको थियो ।

१९ वैशाखमा पेसी नसर्ने गरी पूर्ण इजलासमा सुनुवाइ गर्ने गरी राखिएको पेसी बिहीबार पनि हुन सकेन । महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएको चार दिनपछि सर्वोच्च अदालतले आन्तरिक आदेशपछि पुनः काममा फर्किएकी प्रधानन्याधीश सशुीला कार्कीले सो रिट स्थगित गरेकी हुन् । नयाँ पत्रिकामा खबर छ 

सिलवालको पेसी ८४ नम्बरमा राखेरस्थगित भएछः रमन

‘२७ वैशाख बेलुकीसम्मको पूरक साप्ताहिक पेसीमा नवराज सिलवालको रिटको पेसी ७६ नम्बरमा उल्लेख छ,’ महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले भने, ‘तर, वैशाख २८ गते बिहानको पेसीमा ८४ नम्बरमा राखेर स्थगित गरिएको छ ।’ २८ वैशाखको पेसीमा ७३ नम्बरमासीताराम चौधरीले दाङ जिल्ला अदालतलाई विपक्षी बनाएर दायर मुद्दाको पेसी राखिएको छ ।

‘साप्ताहिकमा राखिएको पेसीमा यसरी जालझेल गरी सानुपर्ने थिएन,’महान्याधिवक्ता श्रेष्ठले भने, ‘दैनिक पेसी तोकेर स्थगित गराएको भए पनि उनले ताक्ने इजलासमा शंका हुँँन्न थियो । डिआइजी सिलवालको पेसी रातारात किन स्थगित ? उहाँ (प्रधानन्यायाधीश) को इजलास तोक्ने प्रक्रियालाई अब कसरी बुझ्ने ?’

सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले गत १७ वैशाखमा संसद्मा महाअभियोग दर्ता गरेसँगै चार दिन निलम्बनमा परेकी प्रधानन्यायाधीश कार्कीको इजलास तोक्ने शैलीमा शंका उत्पन्न भएको श्रेष्ठले बताए ।

१९ वैशाखका लागि तोकिएको तोकिएको डिआईजी नवराज सिलवालको पेसी त्यसदिन कायममुकायम प्रधानन्यायाधीश बनेका गोपाल पराजुलीले २८ वैशाखका लागि सारेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...