गगन थापा फेरिपनि मन्त्री बन्ने पक्का, सिटौला छाडेर ससुरासँग ‘लसपस'



काठमाडौं । 

वाक चातुर्यता प्रस्तुत गर्ने वाकपटुताका धनी गगन कुमार थापा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन नपाउने पक्का पक्की भएको छ ।

आत्मकेन्द्रित प्रचारमा रमाउने, पार्टीलाई भन्दा आफूलाई केन्द्र विन्दुमा राख्ने र मन्त्री हुँदाको जस पार्टी र सरकारलाई भन्दा आफू मात्र लिन चाहने स्वभावका कारण थापा आगामी नवगठित सरकारमा सहभागी हुन नपाउने पक्का भएको छ । आजको जनप्रहार साप्ताहिकमा समाचार छ ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सिफारिसमा स्वास्थ्य मन्त्री भएका थापाले स्थानीय तहको निर्वाचनमा प्रचार प्रसार उपसमितिको उपसंयोजक भएर पार्टीको पक्षमा प्रभावकारी प्रचार संयन्त्र नचलाएको पार्टीको भन्दा बढी पचार आफ्नै गरेको भन्दै सभापति देउवा नैं थापासँग रुष्ट बनेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास क्षेत्रमा पर्ने बुढानिलकण्ठ नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार राजु श्रेष्ठलाई जिताउन भन्दा हराउन भूमिका खेलेको भन्दै देउवा थापाप्रति रुष्ट बनेका हुन् ।

काठमाडौं जिल्लाको क्षेत्र नम्बर चारबाट निर्वाचित थापाको निर्वाचन क्षेत्रमा वुढानिलकण्ठ नगरपालिका पर्छ । थापाले वुढानिलकण्ठ नगरपालिका क्षेत्रमा मतदानको अघिल्लो दिन सवारी साधन लिएर प्रचार प्रसारमा उत्रिएपछि कांग्रेसबिरुद्ध एमालेले मसला बनाएको थियो ।

श्रेष्ठको पक्षमा मौनअवधि भन्दा अघि कहीँ नजाने तर प्रचार प्रसारको समय सकिएपछि टोल र नगरका गल्लि चहार्न थालेपछि गगनको सर्वत्र आलोचना भएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारमा सिटौला गुटबाट थापा र भीमसेनदास प्रधानमध्ये एक जना मन्त्रीपरिषद्मा जाने भनी भएको भद्र सहमतिलाई अवसरको रुपमा दुरुपयोग गर्दै उनले आफै मन्त्रीपरिषद्मा जान जिद्धि गरेका थिए ।

अन्त्यमा भद्र र वौद्धिक स्वभावका भिमसेनदास प्रधानले भौगो गगन नैं मन्त्री होस भनेर छोडेका थिए । स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङलाई समेत उपेक्षा गर्दै गगनले दर्जनौं निर्णय गरेपछि सिटौला गुटमा गगनको आलोचना भएको थियो ।

उनले आफ्नो गुणगान गाउने पत्रकारको टोलीलाई बिदेशमा छोडेर हतारमा नेपाल आउने काम गरेका थिए । अहिले पनि पत्रकारको एउटा टोली स्विजरल्याण्डमा मस्ती मारिरहेको छ ।

मन्त्रालयको खर्चमा बिदेश सयरमा गगनका सल्लाहकार प्रताप पौडेल, पत्रकार राससबाट कल्पना पौडेल, नागरिकबाट दीपक दाहाल, कान्तिपुरबाट अतुल मिश्र अहिले पनि विदेशमै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनमान दिएको थाहापाउना साथ थापा हतार हतार स्वीजरल्याण्डबाट नेपाल फर्किएका छन् । २५ सदस्यीय जम्बो टोलीलाई उचित सेवा सुविधासहित बिदेशमा छोडेर थापा नेपाल फर्किएका हुन् ।

देउवाको नेतृत्वमा बन्ने नवगठित सरकारमा पनि पुन स्वास्थ्य मन्त्रालयमा पाएमा राम्रो काम गरेर देखाउने थिएँ भन्दै थापाले सिटौलासँग अनुनय विनय गरिरहेका छन् । सिटौलाले कानमा तेल हालेपछि थापा यतिवेला ससुराको शरणमा पुगेका छन् ।

उनले ससुरा अर्जुननरसिंह केसीलाई भनेर देउवासमक्ष आफनो चाहना व्यक्त गरिसकेका छन् । तर, ससुरा केसीले पनि भाई ज्वाई गगनलाई भन्दा राजनीतिक रुपमा भाई जगदीशनरसिंह केसीलाई मन्त्री बनाउने आश्वासन दिएको वताएपछि थापा निरास भएका हुन् ।

सत्ताको रसास्वादन गरेर चास्नी मार्न माहिर गगन सबैतिरबाट मन्त्री बनाउने आश्वासन नपाएपछि छटपटिमा परेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...