८८ स्थानमा कांग्रेसको अग्रता, ८३ मा एमाले अगाडि, कसले कति प्रमुख - उपप्रमुख हात पारे ?

  • काठमाडौं ।


स्थानिय तहको आइतबार भएको निर्वाचनमा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्रमुख ३ दलबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म काँग्रेसले ७ प्रमुख र ८ उपप्रमुख पदमा विजय प्राप्त गरेको छ ।

यस्तै नेकपा एमालेले ५ प्रमुख र ५ उपप्रमुखमा विजयी भएको छ । यस्तै माओवादी केन्द्रले ५ स्थानमा प्रमुख र ४ स्थानमा उपप्रमुख प्राप्त गरेको छ ।

एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी १ उपप्रमुखमा विजयी भएको छ । ३ प्रदेशको २८३ स्थानिय तहको निर्वाचनमा काँग्रेस ८८ स्थानमा अगाडी छ । यस्तै एमाले ८३, माओवादी केन्द्र ४३ स्थानमा अगाडी छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ३ स्थानमा अगाडी छ ।

२०७४ जेठ २ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...