निर्वाचन अधिकृत पिसाब फेर्न जाँदा भरतपुरमा मतपत्र च्यातियो, गणना अनिश्चितकालका लागि स्थगित

  • भरतपुर । 
माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ ।

मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरी मतगणना स्थगित भएको घोषणा गरेका हुन् । उनले घटनाको सत्यतथ्य छानबिन गर्न समिति बनाउने र समितिको प्रतिवेदनअनुसार आफूहरु अघि बताए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘म पिसाब फेर्न गएको बेला केही व्यक्तिहरु अनधिकृत रुपले जबर्जस्ती छिरेर मतपत्र च्याते ।’

सुरक्षाका लागि गेटमा राखिएका प्रहरीले पनि प्रवेश पास नभएको व्यक्ति आएको र आफूले रोक्दा रोक्दै जबर्जस्ती भित्र छिरेको बताएका छन् ।

मतपत्र च्यातेको भन्दै चितवन वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र मतगणनामा बसेका माओवादी प्रतिनिधि द्रोण सिवाकोटीलाई प्रहरीले  पक्राउ गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...