एकाबिहानै यस्तो आयो भरतपुरको ताजा अपडेट (परिणामसहित)

  • भरतपुर ।

महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको एमाले मेयरका उम्मेदवार देबी ज्ञवालीले दाबी गरेका छन् ।

यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान नदिइएको आरोपसमेत उनले लगाए ।मतगणनास्थल कभर्डहलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै ज्ञवालीले भने, ‘हार्ने निश्चित भइसकेपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको छ र राज्यसत्ताको दुरुपयोग गरिएको छ ।’

माओवादी चितवनको जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका एमालेको आरोप छ । कांग्रेस र माओवादीका नेताहरुले भने एमाले प्रतिनिधिहरुले मतपत्र च्यातेको दावी गर्दै आएका छन् ।

माओवादी उम्मेदवार रेणु दाहालले देबी ज्ञवालीसँगको मतअन्तर घटाउँदै लगेकी थिइन् ।

एमालेका मेयर उमेद्वार र कांग्रेस-माओवादीकी संयुक्त उमेद्वारको मतान्तर ७ सय ३३ पुगेको छ। आइतबार साँझसम्म २७ वटा वडाको मतगणना सकिँदा उनीहरुको मतान्तर ७ सय ८४ थियो भने अहिले मतान्तर केही घटेर ७ सय ३३ पुगेको हो।

अहिलेसम्मको पछिल्लो परिणाम अनुसार ज्ञावलीले ४१ हजार ६ सय ४१ मत ल्याएका छन् भने कांग्रेस-माओवादीकी दाहालले ४० हजार ९ सय ८ मत ल्याएका छन्। साँझ देखि १९ नम्बर वडाको मतगणना थालिएको छ। हालसम्म १९ वडाको १८०९ मत गणना भएको छ। उपप्रमुखमा भने कांग्रेसका उमेद्वार अघि छन्।

कांग्रेस उमेद्वारले ४४ हजार ९ सय ३५ र एमाले उमेद्वारले ३८ हजार ८ सय ५२ मत ल्याएका छन्।

मध्यरातमा मतपत्र च्यातिएपछि स्थिति तनावपूर्ण भएको थियो । यो घटनापछि मतगणनाको वातावरण विग्रिएको भन्दै निर्वाचन अधिकृतले पनि मतगणना अनिश्चितकालसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...