भरतपुरमा रेणुलाई केही राहत (हेर्नुहोस् पछिल्लो परिणाम)

  • काठमाडाैं ।

अहिले चितवनको भरतपुर महानगरपालिकाको १३ नम्बर वडाको मतगणना भइरहेको छ । १३ नम्बर वडाको मत गन्दा माओवादी केन्द्रकी रेणु दाहाललाई केही राहत भएको छ ।

१३ नम्बर वडाको १२०० मत गन्दा माओवादी केन्द्रकी मेयरकी उम्मेद्वार रेणु दाहालले ५६४ मत पाए भने एमालेका उम्मेद्वार देवी ज्ञवालीले ३३६ मत पाइन् । माओवादीले १३ नम्बर वडामा आफ्नो पक्कड रहेको बताउँदै आएको छ ।

अहिलेसम्मको मतपरिणाम अनुसार एमालेका देवी ज्ञवालीले २६४१४ मत प्राप्त गरेका छन । त्यस्तै माओवादी केन्द्र रेणु दाहालले २२८९६ मत प्राप्त गरेकी छिन । 

उपमेयरमा कांग्रेसकी पार्वती शाह २६२५६ मतका साथ अगाडि छिन भने एमालेकी दिव्य शर्मा २३७३८ का साथ दाेस्राे स्थानमा छिन ।

२०७४ जेठ ९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...