प्रचण्डको राजीनामा विषयलाई लिएर ओलीले देउवामाथि लगाए यी ४ आरोप

  • काठमाडौं ।
स्थानीय तह थप्ने सरकारको निर्णयको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी सरकारको निर्णय नमान्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा पहिलो चरणको निर्वाचन सम्पन्न भइ अधिकांश स्थानको निर्वाचन परिणाम घोषणा भइसकेको अवस्थामा स्थानीय तह थपिएको भन्दै कडा आलोचना गरेका छन् ।

यतीमात्रै नभई ओलीले दोस्रो चरणको चुनाव सम्पन्न नभएसम्म प्रचण्डले पदबाट राजीनामा दिन नहुने समेत बताए ।

ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवामाथि यी ४ आरोप समेत लगाएका छन् । 
नेपालमा लोकतान्त्रिक आन्दोलन चलिरहेको बेला बेलायतमा रहेको 
बहुदल आएपछि फर्किएर गृहमन्त्री भएको
शान्तिपूर्ण आन्दोलनमा दमनमा उत्रिएको
असोज १८ माघ १९ उनकै कारणले भएको भन्दै कांग्रेस समेत फुटाउनेले देउवाले अहिले फेरि गोलीको आँखा हुँदैन भन्दै हिँडेको  ।

,

प्रतिकृया दिनुहोस्

Loading...