पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर अत्याधिक बहुमतले विजयी

  • पोखरा ।
पोखरा-लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँबरलाई १४ हजार ७ मतान्तरले हराउँदै नेपालको सबैभन्दा ठूलो महानगरको मेयर निर्वाचित भएका हुन्। 

मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याए भने उनका निकतम् प्रतद्वन्द्वी रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याए। उममेयरमा पनि एमालेकै मन्जु देवि गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी भइन्।

 उनकी निकट्मत् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत पाइन्।

२०७४ जेठ १२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...