जनताको मतको सम्मान खोइ ? उपमेयरमा जितेपछि एमाले उम्मेदवारले रुँदै भनिन, 'मलाई प्रभु यसुले जिताउनुभयो' (भिडियोसहित)

  • इमान्दार मिडिया संवाददाता ।
अहिले देश निर्वाचनमय भएको छ । निर्वाचित उम्मेदवारहरु जनतालाई धन्यवाद दिन व्यस्त छन् भने मतपरिणाम नआएका ठाउँमा उत्शुकता ठुलो छ । 

तर यस्तो एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ, जहाँ एमालेकी उम्मेदवारले जनताको मतको वास्ता नगरी आफुलाई यसुले जिताएको भन्दै रोएकी छिन् । 

एमालेको तर्फबाट गंगा जमुना नगरपालिकाको उपमेयरमा जितेकी एन्जिला तामाङले जनताको मतको अपमान गरेर आफ्नो जितको श्रेय यसुलाई दिएकी हुन् । 

कम्युनिष्ट पार्टी भनेर दावी गर्ने एमाले पार्टीबाट नगरपालिकाको उपमेयरजस्तो जिम्मेवार पदमा निर्वाचित भएकी तामाङले अब आउने दिनहरुमा काम पनि जनताको लागि गर्छिन या यसुकै प्रचारप्रसारमा समय बिताउछिन त्यो भने हेर्न बाकि छ । 

भिडियो हेर्नुहोस् 

,

प्रतिकृया दिनुहोस्

Loading...