काठमाडौँ महानगरको मतपरिणाम अन्तिम चरणमा (हेर्नुहोस् यस्तो छ अवस्था)

  • काठमाडौं । 

काठमाडौँ महानगरपालिकाका मतपरिणाम करिब करिब अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार साँझसम्म एक लाख ७५ हजार ७ सय २२ मत गणना भइसकेको छ । पछिल्लो मत परिणाम अनुसार, मेयर पदमा नेकपा एमालेका विद्यासुन्दर शाक्य काँग्रेसका राजुराज जोशी भन्दा झण्डै १७ हजार मतले अगाडि छन् ।

शाक्यले ५७ हजार ९ सय ५७ मत पाएका छन् । यसैगरी, कांग्रेसका जोशीले ४० हजार ६ सय ९० मत पाएका छन् । काँग्रेसकी उपमेयरकी उम्मेदवारले ५३ हजार ९ मत पाएकी छिन् ।

तेस्रो स्थानमा रहेको विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २१ हजार ६३ मत ल्याएकी छिन् । यसैगरी, साझा पार्टीका किशोर थापाले १६ हजार ३ सय ३५ मत ल्याएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले ९ हजार ३ मत पाएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...