घोराहीमा एमाले उम्मेद्वारमाथि गोली प्रहार

  • दाङ ।

एमालेका एक उम्मेदवारमाथि गोली प्रहार गरिएको छ । घोराहीमा एमालेका वडाध्यक्षका उम्मेदवार विवेक बुढाथोकीमाथि बिहीबार साँझ गोली प्रहार भएको हो ।

घोराही उपमहानगरपालिका वडानम्वर ५ का एमालेतर्फबाट वडाध्यक्ष उम्मेदवार बनेका बुढाथोकीलाई अज्ञात समूहबाट गोली प्रहार भएको हो । गोली प्रहार गर्नेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

गोली प्रहार पछि भाग्दै होटेलभित्र पसेका बुढाथोकीमाथि थप रड प्रहार गरिएको एमाले दाङले जनाएको छ । आक्रमणमा कांग्रेसनिकट नेविसंघका कार्यकर्ताहरुको हात रहेको घोराही उपमहानगरपालिकाका एमाले ईञ्चार्ज विवेक श्रेष्ठले बताए ।

आक्रमणबाट बुढाथोकीको खुट्टा भाँचिएको छ भने टाउको गम्भीर चोट समेत लागेको बताइएको छ । अहिले घाइते बुढाथोकीको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेको ईञ्चार्ज श्रेष्ठले जनाए ।

,

प्रतिकृया दिनुहोस्

Loading...