योगेश भट्टराई भन्छन् - एमाले र माओवादी तालमेल मात्र सर्वोत्कृष्ट

  • काठमाडौँ । 

नेकपा (एमाले) का सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले अन्य पार्टीबीचको भन्दा एमाले र नेकपा (माओवादी) बीचको चुनावी तालमेल सफल भएको बताएक छन् ।

प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको उपत्यकास्तरीय भेलामा उनले पहिलो चरणको स्थानीय निर्वाचनको परिणामले नेपाली काँग्रेस र माओवादी वा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचका तालमेललाई जनताले अनुमोदन नगरेको जनाउँदै एमाले र माओवादीबीचको तालमेल तुलनात्मकरुपमा सफल भएको उल्लेख गरे । 

नेता भट्टराईले भने, “एमाले र माओवादीबीच लमजुङ र बाग्लुङमा भएका तालमेल सफल भएका छन् र अन्य ठाउँमा भएका अन्य पार्टीबीचका तालमेललाई जनताले अप्राकृतिक ठहर गरेका छन् ।”

उनले प्रदेश नम्बर २ मा पनि एमाले सबैभन्दा ठूलो पार्टी हुने वताउँदै दोस्रो चरणको चुनावमा एमालेले ६० प्रतिशत भन्दा बढी जित्ने दावी गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...