भरतपुरमा रेणुलाई एकपछि अर्को घात, काँग्रेसको गढमा एमालेको प्यानल बिजय

  • चितवन । 

भरतपुर महानगरपालिकाको वडा नं. १६ मा वडाध्यक्षसहित सवै पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । 

सो वडाको अन्तिम मत परिणाम घोषणा हुँदा मेयर पदमा एमालेका उम्मेदवार देवि ज्ञवालीले बनाएको मतान्तरमा पनि सुधार आएको छ । १६ नम्बर वडाको मत गणना सकिदा ज्ञवाली एक हजार ७३६ मतले अगाडी छन् । वडा नं. १६ काँग्रेसको राम्रो मतआधार भएको ठाउँका रुपमा चिनिन्छ ।

मेयर पदमा अहिलेसम्म ज्ञवालीको ३५ हजार ५८८ मत आएको छ । काँग्रेस माओवादी गठबन्धनबाट मेयर पदमा उम्मेदवार रहेकी माओवादीकी रेणु दाहालको ३३ हजार ८५२ मत आएको छ ।

उपमेयरमा गठबन्धनबाट उम्मेद्वार रहेकी नेपाली काँग्रेसकी पार्वती शाहको ३७ हजार ४८४ मत पुगेको छ । एमालेकी दिब्य शर्मा आचार्यको ३२ हजार २९४ मत छ ।

२०७४ जेठ १२ मा प्रकाशित ।


,

प्रतिकृया दिनुहोस्

Loading...