दोलखा प्रकरणमा पूर्वराज्यमन्त्री खड्का सहित चार दर्जन बढीबिरुद्ध किटानी जाहेरी

  • काठमाडौं । 
दोलखा प्रकरणमा माओवादी केन्द्रकी नेतृ एवं पूर्वराज्यमन्त्री देवी खड्का सहित चर दर्जन बढीको विरुद्धमा प्रहरीमा किटानी जाहेरी परेको छ । एमाले कार्यकर्ता कुलबहादुर तामाङ हत्या प्रकरणमा खड्कालगायत ४९ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।

५७ वर्षीय गोरे तामाङले खड्कासहित उनका भाइ एवं माओवादी जिल्ला इञ्चार्ज विशाल खड्का, ढालबहादुर खड्का, गंगा कार्कीलगायतविरुद्ध किटानी जाहेरी दिएका हुन् । ५७ वर्षीय गोरे तामाङ एमाले कार्यकर्ता कुलबहादुर तामाङका बुवा हुन ।


दोलखामा माओवादी कार्यकर्ताको आक्रमणमा मंगलबार साँझ एमालेका गौरीशंकर गाउँपालिका– २ का वडाध्यक्षका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरको हत्या भएको थियो । आजको समाचार पत्रमा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...