पार्वतीकुण्डमा नयाँ शक्ति उदायो, उपाध्यक्षमा २ मतले हारिन सङ्गीता



रसुवा, ३ जेठ ।

पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टी नेपालका भुजुङ तामाङ विजयी भएका छन । 

उनले ९६४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३ मत प्राप्त गरे । 

यस्तै उपाध्यक्षमा ६६५ मत प्राप्त गरी एमालेकी नवीना तामाङ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका सङ्गीता तामाङले ६६३ मत प्राप्त गरे । सङ्गीता २ मतले मात्र चुकिन ।

रसुवाको पाँच गाउँपालिकाको सबै मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...