आइपिएल क्रिकेट: राइजिङ पुणे फाइनलमा प्रवेश

  • भारत ।

राइजिङ पुणे सुपरजाइन्टस् इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई २० रनले हराउँदै पुणेले फाइनलमा स्थान बनाएको हो ।

एक सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएकार एक सय ४२ रन मात्रै बनायो । उसका लागि पार्थिव पटेलले ५२ रनको योगदान दिएपनि हार टार्न सकेनन् ।

पुणेका वासिङ्टन सुन्दर र शार्दुल ठाकुरले तीन तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पुणेले चार विकेटको क्षतिमा एक सय ६२ रन बनाएकाे थियाे । 


प्रतिकृया दिनुहोस्

Loading...