राजनैतिक आस्था राखेकै आधारमा कम्युनिष्ट पार्टी समर्थकप्रति चरम मानव अधिकार हननमा उत्रियो राज्य

  • जाजरकोट ।
राजनैतिक आस्था राखेकै आधारमा राज्यपक्षवाट जाजरकोटमा मानव अधिकार हनन् भैरहेको छ । 

राजनैतिक आस्था राख्नुलाई मिसाईल जस्तै भयानक हतियारका रुपमा बुझ्न थालेपछि सरकारले अमानविय ब्यबहार प्रस्तुत गर्न थालेको हो । नेत्र विक्रम चन्द “विप्लव” महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टी प्रति राजनैतिक आस्था राखेकै आधारमा गत शुक्रवार जिल्लाका विभिन्न ठाउँवाट ५ जनालाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ । 

पक्राउ गरिएकाहरुलाई अबको दुई दिन पछि हुन लागि रहेको स्थानिय तहको निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा सार्वजनिक मुद्धा लगाईएको छ । पक्राउ हुनेहरुमा कुशे गाउँपालीका–५ का मानबहादुर विक (अर्पन), नबराज विक (सुदर्शन), कर्णबहादुर थापा (अडिग), बलबहादुर मल्ल र त्रिवेणी नलगाड नगरपालीका–३ का डम्बरबहादुर सिंह रहेका छन् । 

सिंहलाई सदरमुकाम खलंगावाटै पक्राउ गरिएको थियो भने, मानबहादुर विकलाई खुर्पा आफ्नै घरवाट पक्राउ गरिएको थियो । आ–आफ्नै घरमा रहेका अन्य तीन जनालाई दम्दालावाट पक्राउ गरिएको थियो । डम्बरबहादुर सिंह, मानबहादुर विक, नवराज विक र कर्णबहादुर थापा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटि सदस्य हुन भने, बलबहादुर मल्ल शुभचिन्तक मात्र हुन् । 

यहि बैशाख ३१ गते देशका तीन वटा प्रदेशमा हुन गई रहेको स्थानिय तहको निर्वाचनलाई राजनैतिक तथा कानुनी मान्यता आफ्नो पार्टीले नदिएको नेपाल कम्युनिष्ट पार्टीले वताउदै आएको छ । नेपाल कम्युनिष्ट पार्टी श्रोतले वताए अनुसार स्थानिय तहको निर्वाचनलाई बहिस्कार गर्ने, निस्प्रभावित पार्ने पार्टी कार्यक्रम नभएर राजनैतिक रुपमा खारेजी गर्ने कार्यक्रम रहेको वताउदै आएको छ । 

निर्वाचनलाई जनस्तरवाटै खारेजी गर्न नेपाल कम्युनिष्ट पार्टीले सार्वजनिक अपिल गरेको छ । उता सरकार पक्षले भने नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई भयानक मिसाईल हतियारका रुपमा बुझ्दै आई रहेको छ । राजनैतिक आस्था राख्नुलाई अपराधको रुपमा बुझेर सर्वसाधारण नागरिकलाई पक्राउ गर्ने, झुट्टा मुद्धा लगाउने र मानव अधिकारको हनन् गर्ने नीतिलाई राज्यले अवलम्वन गरिरहेको छ । 

निर्वाचन विराधी क्रियाकलापमा संलग्न भएको भन्ने आरोपमा पक्राउ गरिएका ५ जना मध्य डम्बरबहादुर सिंहकी श्रीमति मायादेवी सिंह स्वास्थ्य चिकित्सकले दिएको मिति अनुसार आज देखि आगामी जेठ ५ गते सम्म डेलीभेरीको अबस्थामा रहेकी छन् । त्यसैगरी कर्णबहादुर थापाकी श्रीमति सितली थापा मंगलवार आफ्नै घरको बारदलीवाट लडेर मृत्युको मुख नजिक पुगेकी छन् । 

थापा र सिंहलाई निकै सम्बेदनशिल अवस्थामा रहेकी श्रीमति सम्मलाई भेट्न दिएको छैन् । राजनैतिक आस्थाका दोषीलाई अपराधीक कृयाकलापमा संलग्न व्यक्ति भन्दा कडा सजाय दिने प्रयत्न गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...