के यो देशमा कुलमान र जर्नादन जस्ता मान्छेलाई फाँसीमा झुण्डाइनुपर्छ…???

  • रमेश बि जी ।
पछिल्लो बजारमा सबैभन्दा बढी चर्चा नेपाल बिद्युत प्राधिकरणका सचिव कुलमान र उर्जामन्त्री जर्नादन शर्माको छ । सामाजीक सञ्जाल भरी कुलमानको पक्षमा लाखौं मानिसहरुको सर्मथन जनाएका छन् । देशको एउटा सबैभन्दा बिग मिडियाको दावि गर्ने कान्तिपुर दैनिकमा आएको कुलमानको बिरुद्धको समाचारको कारण आज नेपाल पुरै कान्तिपुरको पक्ष र बिपक्षमा बाडिएको छ ।

केहि दिन अगाडी कान्तिपुर दैनिकमा भारतबाट बल्ब खरिदमा कुलमानले भष्टाचार गर्न खोजेको समाचार बाहिरिएपछि कुलमान आफैले पत्रकार सम्मेलनको समेत आयोजना गरेर आफुलाई गलत गरेको प्रमाढणीत गरे फासिमा भुण्डीन तयार रहेको बताईसकेका छन् । तर कान्तिपुर मिडिया यो बिषयमा चुप लागेर बसेको छ । र समाचार लेख्ने पत्रकार पनि आफ्ना कुलमान बिरुद्धका पछिल्ला अपडेटहरु हटाउँदै गएका छन् । यसबाट प्रष्ट के हुन्छ भने कुलमान दोषि छैनन् ।

 कुलमानको पक्षमा सामाजिक सञ्चालमा भेटिएको एउटा स्टाटस

'आरोप प्रमाणित भए फासिमा चढ्न तयार भयको प्रतिबद्धता जनाउने कुलमानका अगाडि एक गिलास दारुमा समाचार लेख्ने पत्रकार बानियाँ र पैसा लिएर समाचार छाप्ने कान्तिपुरका भरौटेहरुले आरोप प्रमाणित गर्न नसके यिनिहरुलाइ कारबाही हुन्छ कि हुदैन जानकारी पाउ त ?

देश बिदेशबाट कारबाहीको माग हुँदा पनि यदि छानबिन गरेर कारबाही गर्न नसक्ने भए सन्चार मन्त्री आजै निस्केर बाख्रा चराउन गाउँ जाउ । पत्रकार महासंघको कार्यलयलाई सार्बजनिक सौचालय बनाइदेउ ।' जस्ता स्टाटसहरु पोष्ट भएका छन् ।

यो देशमा काम गर्न सक्ने र देशको लागि काम गर्नेहरुको लागि कुनै स्थान नै नभएको जस्तो गरि केहि भटाभट हावादारी कुराहरु प्रहार हुँदा पनि हामी आम नेपालीहरु उनीहरुको बिरुद्धमा चर्को बहस गर्न सकिरहेका छैनौं । 
प्रचण्ड नेतृत्वको सरकारमा सबैभन्दा सफल रहेका जर्नादन शर्माको बिरुद्धमा मात्रार जनैतिक अास्थाकाे आधारमा धेरैपटक प्रहारहरु भएका छन् । यी यावत कुराहरुले के कुराको पुष्टी गर्छ भने नेपालमा राम्रो काम गर्नेहरु अपमानित हुनुपर्छ । बदमासहरुको हाइहाइ हुन्छ ।

एकपछि अर्को प्रहार सहेर सरकारमा रहेका जर्नादन र बिद्युत प्राधिकरणको हाकिम रहेका देशलाई सदैव उज्यालो नेपालको अभियानमा लैजादै गरेका कुलमान जस्ता मानिसहरुको पक्ष लाखौं मानिसहरु छन् । तर बिपक्षमा पनि केहि मानिस छन् । जसले हाँदैनन की याे नेपाल अध्याँराेमुक्त हाेस । हाे उनै विपक्षीहरुको पहुँचमा नेपालका डलरवादी मिडियाहरुका कारण पनि हरेक समय कुलमानहरु बद्नाम भएका छन् । हुनु परेकाे छ । याे नेपालकाे दुर्भाग्य हाे । 

यसकारण के यो देशमा राम्रो काम गर्ने कुलमान तथा जर्नादनहरु फासिँ चढ्न पर्ने हो ? के देशमा कुलमान र जनार्दनलार्इ फाँसीमा झुण्याइनुपर्छ ?  होईन भने राम्रो काम गर्नेहरुको यतिका धेरै अपमान किन ? याे विषयमा जाेडताेडका साथ अावज उठ्न जरूरि छ । र सम्बन्धित सबै पक्षले यसलार्इ गम्भीर तरिकाले लिन जरूरि छ । मलार्इ लाग्छ । याे म लेखकाे नितान्त व्यक्तिगत विचार हाे ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...