एकभन्दा बढी खाता भएकालाई सिद्धार्थले बैंकले बोलायो, ३५ दिनसम्म नगए के हुन्छ ?

  • काठमाडौं ।
सिद्धार्थ बैंकले एउटामात्र खाता सञ्चालन गर्न आग्रह गर्दै १ भन्दा बढी खाता भएका आफ्ना ग्राहकहरुलाई खाता बन्द गर्न सूचना जारी गरेको छ ।

एकभन्दा बढी चल्ती, बचत वा कल खाता खोलेकाले अबको ३५ दिनभित्र बन्द गरी एउटामात्र कायम राख्न भनिएको हो ।  ३५ दिनभित्र पनि ग्राहक आफैंले यस्ता खाता बन्द नगरेमा बैंकले नै खाता रोक्का गर्ने जानकारी दिएको छ । 

यसैगरी, ग्राहक पहिचान विवरण अद्यावधिक नगरेकाहरुले पनि ३५ दिनभित्र ग्राहक पचिहान (केवाइसी) फारम भर्नुपर्नेछ । अन्यथा, खाता रोक्का गरिने बैंकले जनाएको छ । ग्राहकले सिद्धार्थ बैंकको आफूलाई पायक पर्ने जुनसकुै शाखामा गएर केवाइसी फारम भर्न सक्नेछन् ।

तर खाता बन्द गर्न भने खाता खोलेकै शाखामा जानुपर्नेछ । यस्तै एउटै बैंकको एक भन्दा बढी क्रेडिट तथा डेबिट कार्ड पनि प्रयोग गर्न पाइनेछैन । तर मुद्दति खाताको हकमा भने यो नियम लागू हुनेछैन ।



,

प्रतिकृया दिनुहोस्

Loading...