चुनावको मुखैमा गुण्डा नाइकेहरुलाई धमाधम समात्दै प्रहरी, 'डन' चक्रे मिलन हाराजगञ्जबाट पक्राउ



काठमाडौं । 

‘गुण्डा नाइके’ चक्रे मिलनलाई प्रहरीले पक्राउ गरेको छ । चक्रेलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले मंगलबार दिउँसो महाराजगञ्जबाट पक्राउ गरेको हो ।

काठमाडौंका प्रहरी प्रमुख छविलाल जोशीले आइतबार हुने स्थानीय निर्वाचनलाई भयरहित बनाउन समाजमा आतंक फैलाउदै हिडेको आरोपमा चक्रेलाई पक्राउ गरिएको बताए ।

यसअघि महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले चर्चित अर्का गुण्डा नाइके दीपक मनांगेलाई राजधानीको ठमेल क्षेत्रबाट पक्राउ गरेको थियो ।

२६ वैशाख २०७४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...