आइपीएल क्रिकेट : टस जितेर कोलकाता बलिंङमा, पञ्जाव व्याटिंग गर्दै

  • काठमाडौं ।

आईपीएल क्रिकेटमा अहिले किङ्स ईलेभेन पञ्जाव र कोलकाता नाईट राईडर्सबीच प्रतिस्पर्धा भइरहेकाे छ । टस जितेर कोलकाताले बलिंङ रोजेको छ भने पन्जाबले व्याटिंगको निम्तो पाएको छ ।

दोश्रो स्थानमा रहेको कोलकाता नाईट राईडर्स गौतम गाम्भिर र ५ औ स्थानमा रहेको किङ्स ईलेभेन पञ्जाव म्याक्सवैलको कप्तानीमा मैदान उत्रिएका छन् । 

यसैबीच आइपीएल क्रिकेटअन्तर्गत सोमबार राति भएको खेलमा सनराईजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।

जितसँगै हैदरावादले प्ले अफ्मा पुग्ने सम्भावना पनि बलियो पारेको छ । खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा १ सय ३८ रन बनायो । मुम्बईका लागि रोहित शर्माले ६७ रन बनाए ।

जवाफमा १ सय ३९ रनको मध्यम लक्ष्य हैदरावादले १९ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । हैदरावादका लागि शिखर धवनले ६२ रन जोड्दा मोइसेस हेन्रीक्सले ४४ रनको योगदान दिए ।

आईपीएल क्रिकेटको यो दशौं संस्करण हो । दशौं संस्करणको पहिलो खेलमा मुम्बई ईन्डियन्ससँग भोगेको हारको बदला हिजो हैदरावादले लिएको छ ।

२०७४ बैसाख २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...