मेयर उम्मेदवार रन्जु दर्शनाको असभ्य गाली, सामाजिक सञ्जालमा किन बन्यो भाइरल ? (भिडियोसहित)

  • समाचार टिप्पणी ।
राजनीति गर्नेहरु एकले अर्कालाई कुनै न कुनै तरिकाले गाली गरिरहेकै हुन्छन् । अझ त्यो चलन अरु बेला भन्दा चुनावको बेला अलि बढी हाबी हुन्छ ।

यस्तै काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु  न्यौपाने (रञ्जु दर्शना)ले केही ठुला राजनीतिक दलका प्रमुख नेताहरुलाई निकै असभ्य गाली गरेकी छन् ।

आफूले जितेमा काठमाडौंलाई सभ्य शहर बनाउने घोषणा गरेकी रञ्जुले मेयरमा उम्मेदवारी दर्ता गर्नुभन्दा अघिल्लो दिन बानेश्वरमा आयोजित एक सार्बजनिक कार्यक्रममा भाषण गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डलाई निकै असभ्य गाली गरेकी हुन् ।

देश, समाजको लागी राजनीति गर्ने कुनैपनि नेता वा सामाजिक कार्यकर्ताले सार्बजनिक ठाउँमा आफ्नो मन्तब्य मार्फत कुनै व्यक्तिको आलोचना गर्दा उसको नाम थर वा अनुहारलाई लिएर निन्दा गर्नु निकै असभ्यता मानिन्छ ।

यस प्रकारको सामाजिक मान्यतालाई समेत लत्याउदै मेयरकी उम्मेदवार रञ्जुले विवेक गुमाएरै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डको आलोचना गर्दा तुच्छ शब्दहरुको प्रयोग गरिन् । त्यो पनि कुनै अन्जान वा भुलचुकमा हैन, पटक-पटक । झुक्किएर होइन, सचेतापुर्बक दोहोर्‍याएर ।

उनले आफुलाई खुब सभ्य र विद्धान ठानिन तर राज्य सञ्चालानको तहसम्म पुगेका नेताहरुलाई कसरी गाली गर्ने भन्ने हेक्का राख्न सकिनन् । यहानेर उनको राजनीतिक सस्कार र न्युन चेतनाको कमी प्रष्ट झल्किन्छ । 

उनको भाषण मन पराएर तालि बजाउनेहरुले हौस्याएपछी उनले सभ्यताको सिमा नाग्दै शेरबहादुर ज्यु आज स्यालबहादुर, मुसाबहादुर हुनुभएको छ । पुष्पकमल ज्यु आज फुस्स कमल हुनुभएको छ ।’ भन्ने तल्लोस्तरको सब्द प्रयोग गर्दै हदै सम्मको गाली बेइज्जतिमा उत्रिइन ।

उनले भाषण गर्दै गर्दा उनको हाउभाउ पनी कुनै सामाजिक कार्यकर्ता वा राजनीतिकर्मीको जस्तो देखिएको छैन । उनि जति बोल्दै जान्छन उनको हाउभाउमा समेत त्यति नै असभ्यताको प्रदर्शन भएको देखिन्छ ।

उनले डोजर माथी उभिएर गरेको उक्त असभ्य भाषण हिजो आज यही असभ्य भाषा र तुच्छ सब्दहरुको प्रयोग भएकै कारण सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यदी दर्शनाले आफुलाई राजनीतिककर्मी र सामाजिक कार्यकर्ताको हैसियतले समाजमा स्थापित गराउनु छ भने यस प्रकारको कमजोरीबाट पाठ सिक्नुपर्ने देखिन्छ ।

राजनीति आवेग र आक्रोसले मात्र हैन बुद्धिमत्तापूर्ण तरिकाले गरिन्छ । यो कुराको ख्याल आफुलाई विवेकशील भन्न रुचाउने रञ्जुले सधै राख्नुपर्ला की ?

हेर्नुहोस् भिडियो (स्रोत: विवेकशील नेपाली)

२०७४ बैसाख २१ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...