सामूहिक बलात्कारको शिकार भएकी पूजालाई न्याय नदिने सुशीला कार्की !


काठमाडौं - प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेसँगै महिलाकर्मीहरु उनको पक्षमा सडकमा निस्किएका छन् । महिला अधिकारकर्मीले महिलामाथि अन्याय गरिएको भन्दै कार्कीका विरुद्धमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता गर्न माग गरेका छन् ।

पहिलो महिला प्रधानन्यायाधीशलाई महाअभियोग प्रस्ताव लगाइ निलम्बित गरिएपछि आक्रोश उठ्नु स्वभाविक भएको एकथरि तर्क छ । अर्कोतर्फ कार्कीमाथि प्रधानन्यायाधीशका रुपमा पीडित महिलामाथि थप पीडा थपेको आरोप छ ।

सामूहिकरुपमा बलात्कृत बैतडीकी पूजा बोहराको मुद्दाले कार्कीको कार्यकालमा पालै पाएन । सधैं हेर्न नभ्याइएकोमा राखियो । बोहराले नेपाल आजमार्फत न्यायका लागि याचना गर्दै प्रधानन्यायाधीश कार्कीलाई पत्र लेखेकी थिइन् । बोहरालाई आश्रय दिएकी समाजसेवी मेनुका थापाले कार्कीको कार्यशैलीप्रति दुःख व्यक्त गरेकी थिइन् ।

आफूलाई बलात्कार गर्ने पीडक एमालेका कार्यकर्ता रहेको र एमालेले पीडकलाई उन्मुक्ति दिन भूमिका खेलेको हुन सक्ने भन्दै बोहराले एक टेलिभिजनमा अन्तरवार्ता दिएकी थिइन् । सो अन्तरवार्तासँगै मानवअधिकारकर्मी सुदिप पाठकले बोहराका बिरुद्धमा सामाजिक संजालमा टिप्पणी लेखेका थिए ।

पीडित बोहराले राजनीतिक चलखेल भइ न्यायलय प्रभावित भइ न्याय नपाएको आंशका गरिएको छ । तत्कालिन कानूनमन्त्री नरहरि आचार्यलाई खुलापत्र लेखि न्यायको याचना गरेपछि बोहराको मुद्दा चर्चाको शिखरमा पुगेको थियो । आचार्यले प्रतिउत्तर लेखि बोहरालाई न्याय दिलाउने वाचा गरेका थिए ।

तर, बोहराले देशमा राष्ट्रपति महिला, प्रधानन्यायाधीश महिला र सभामुख महिला हुँदासमेत न्याय पाइनन् । अझ, सुशीला कार्कीको कार्यकालमा पालै नपाइ आफ्नो मुद्दा ओझेल पारिएको गुनासो बोहराले गरेकी थिइन् । कार्कीले डिआइजी नवराज सिलवालले हालेको रिटमा सोही दिन सुनुवाइ गरि आदेशसमेत गर्न भ्याएकी थिइन् । यसै सन्दर्भलाई जोडेर कार्कीको आलोचना सामाजिक संजालमा हुने गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...