किन आत्महत्या गरिन बानेपामा २० वर्षिया युवती प्रतिक्षाले ?



काठमाडौं ।

बानेपानिवासी रमेश कार्कीकी २० वर्षिया श्रीमती प्रतिक्षा कार्कीले कोठाको दलिनमा झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् । 

शनिवार विहान श्रीमान श्रीमती दुबै जना गहुँ काटेर घरमा फर्किएका थिए ।

खानपिन गरी कोठामा गएकी प्रतिक्षाले कोठा बन्द गरेकी र ढोकाको चरबाट झुण्डिएको अवस्थामा देखेपछी रमेशले बन्चरोले ढोका फोडेर भित्र जाँदा निजको मृत्यु भैसकेको बताईएको छ ।

तितौरेका रमेश र तित्याङकी प्रतिक्षावीच गत २०७३ साल भदौ महिनामा विवाह भएको थियो । मृतकको शव पोष्टमार्टमको लागि धौलागिरी अन्चल अस्पताल ल्याईएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...