कांग्रेस पहिलो, माओबादी केन्द्र दोश्रो र एमाले तेश्रो हुने सरोज मिश्रको दाबी, सिट संख्यासहित

  • काठमाडौं ।

एसोसियट प्रोफेसर सरोज मिश्रले आफ्नु फेसबुक पोस्ट मार्फत आगामी स्थानीय निकायको अनुमानित नतिजा भन्दै कांग्रेस पहिलो , माओबादी केन्द्र दोश्रो र एमाले तेश्रो हुने दाबि गरेका छन् |

मिश्र आफ्नु फेसबुकमा लेख्छन ”मैले गत मैले गत संविधान सभाको निर्बाचनमा कांग्रेसले प्रत्यक्ष तर्फ १०७ र समानुपातिकमा ९१ सिट जित्छ र राप्रपा नेपालले २४ सिट जित्छ भनेर भबिस्यबाणी गरेको थिएं जुन त्यो बेलाको चुनाव अघि सत्याग्रह साप्ताहिकमा छापिएको थियो , त्यो कुनै ज्योतिषीय भबिस्यबाणी थिएन । निश्चित सूचना र सर्बेक्षणमा आधारित थियो । यसपल्ट पनि गर्दैछु । ”

एसोसियट प्रोफेसर मिश्रको प्रक्षेपण अनुमान अनुसार

नेपाली कांग्रेस – ३९६ सहित पहिलो , माओबादी केन्द्र – १४९ सहित दोश्रो र नेकपा एमाले – १२४ सहित तेश्रो र ७५ स्थान अन्यले जित्ने जानकारी दिन्छन् |

मिश्रको फेसबुक पोस्टमा भएको स्ट्याटस हेर्नुस तल

मैले गत संविधान सभाको निर्बाचनमा कांग्रेसले प्रत्यक्ष तर्फ १०७ र समानुपातिकमा ९१ सिट जित्छ र राप्रपा नेपालले २४ सिट जित्छ भनेर भबिस्यबाणी गरेको थिएं । सत्याग्रह साप्ताहिकमा चुनावको ठिक अघि उक्त अनुमान छापिएको थियो । ती भबिस्यबाणी १०० प्रतिशत मिलेको थियो ।

त्यो कुनै ज्योतिषीय भबिस्यबाणी थिएन । निश्चित सूचना र सर्बेक्षणमा आधारित थियो । यसपल्ट पनि गर्दैछु । बिद्यमान ७४४ स्थानीय निकायमा निम्नानुसार परिणाम आउने छ:
नेपाली कांग्रेस – ३९६
माओबादी केन्द्र – १४९
नेकपा एमाले – १२४
अन्य – ७५

स्थानीय निकायको संख्या थपियो भने नेपाली कांग्रेस र अन्यको संख्या त्यसै अनुसार थपिनेछ । एपेक्स कलेजका एसोसियट प्रोफेसर मिश्र सामाजिक संजालमा तिखो राजनैतिक टिप्पणीकर्ताको रुपमा परिचित छन्

,

प्रतिकृया दिनुहोस्

Loading...