भरतपुर मतगणना अपडेट: रेणु दाहालको अग्रता, एमालेका देवी पछाडी परे


  • काठमाडौं । 


चितवनको भरतपुर महानगरको जारी मत गणनामा माओवादीका उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । रेणुले झिनो मतले अग्रता लिएकी हुन् । 


पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ११ हजार ९०२ मत पाएका छन् ।

भरतपुरको मेयरमा कांग्रेसले रेणुलाई नै समर्थन गरेको थियो । तर, सुरुवाती अग्रता देवीले लिएका थिए । यो बीचमा एक पटक रेणुले अग्रता लिइन् ।

यसअघि अधिकांश समय देवीले नै अग्रता लिएका थिए । तर, शुक्रबार फेरि रेणु अगाडि देखिएकी छन् । भरतपुरको वडा नम्बर ६ को मतले रेणुलाई अग्रता दिलाएकी हुन् ।

२०७४ जेठ ५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...