कावासोती नगरपालिकामा एमाले विजयी

  • नवलपरासी।
नवलपरासीको कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका चन्द्रा पुन १३०४१ मतसहित विजयी भएका हुन् । 

पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र पोखरेल १२५९५ मत प्राप्त गरेर पराजित भएका छन् ।

यस्तै उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेका प्रेमशंकर मर्दानिय थारु १३४९५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगिस्वारा गरुङले ११६९३ मत प्राप्त गरिन।

२०७४ जेठ ५ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...