भरतपुरको मतगणनामा किन भयो स्थगित ? एक प्रतिनिधिको सनसनीपूर्ण बयान

  • भरतपुर। 
भरतपुर महानगरपालिका वडा नं. ४ को मतगणना सकियो । एमालेका वडाअध्यक्षका उम्मेदवारले नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवारलाई बधाई दिएर निस्किए । 

नेपाली कांग्रेसका कार्यकर्ताहरु विजय जुलुशका लागी तयारी गर्दै थिए । तर मत परिणामको माइकिङ हुँदा एमालेका वडाअध्यक्षका उम्मेदवार ७ मत विजयी भएको घोषणा भयो ।

मतगणनास्थलभन्दा निकै टाढा राखिएको कम्युटर इन्ट्री कक्षले गडबढी गरेको हुनसक्ने आंशका गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले थप सचेतता देखाए ।

कम्युटर इन्ट्री कक्षमा कर्मचारी परिवर्तन गर्न या सबै दलले सिफारिश गरेका १÷१ जना राख्न निर्बाचन एमाले बाहेकका अन्य दलले माग गरे । तर निर्बाचन अधिकृत मानेनन् ।

वडा नं. ९ को गणनाको अन्तिम परिणाम सुनाएपछि कांग्रेस÷एमालेले धाँधली भएको प्रमाण प्रष्ट भेट्टाए र मतगणना बहिस्कार गरे ।

के भयो वडा नं. ९ मा 

वडा नं. ९ मा २९०० मत गनिएको थियो । २२ सय मत गन्दा माओवादी केन्द्रकी मेयर रेणु दाहाल ४२२ मतले अघि रहेको तथ्यांङ सार्वजनिक गरिएको थियो । अब गन्न बाँकी ७ सय मत रह्यो । 

७ सय मत गनेर परिणाम सार्वजनिक गर्दा रेणु दाहाल ३४६ मतले पछाडी परेको परिणाम आयो । हो यहिनेर, एमाले बाहेकका दलहरुले निर्बाचन अधिकृतलाई प्रश्न गरे–यो कसरी सम्भव छ ?

पहिलो –७ सय मतमा ७ सय नै देवि ज्ञावलीलाई गएको थिएन ।

दोस्रो–रेणु दाहाल ४२२ ले अग्रता रहेको ठाउँमा पछि देवि ज्ञावलीले लिएको ३४६ अग्रता मत जोड्दा ७६८ हुन आउँछ । ७ सय मतमा ७६८ कसरी भयो ?

यो घटनाबाट मतगणनास्थलमा गरिने टिपोट र कम्युटरमा इन्ट्री गरिने मत फरक रहेको दलहरुले थाहा पाए । अहिले एमाले बाहेकका दलहरुले मतगणना पून हुनपर्ने माग राखिरहेका छन् भने एमाले र निर्बाचन अधिकृतले मतगणना पून हुन नसक्ने बताईरहेका छन् ।

यहि कारण शुक्रबार बेलुकीबाट स्थगित भरतपुरको मतगणना सुचारु हुन सकेको छैन । खबर डबलीमा प्रकाशित समाचारमा भनिएको छ।

पटक–पटक त्रुटीपूर्ण परिणाम सार्बजनिक गरिएको छ । मतगणना स्थलमा गणकले गरेको टिपोट र निर्वाचन अधिकृतले कम्प्युटरमा इन्ट्री गरेर प्रिन्ट गरेको रिपोर्ट फरक–फरक देखियो ।

वडा नम्बर चार, वडा नम्बर सात र वडा नम्बर नौको मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएकाले ति स्थानहरुमा पून मतगणना हुनपर्छ । भरतपुर महानगरको बदर मत कहाँ गयो ? निर्बाचन अधिकृतले देखाउनुपर्छ ।

(नेकपा माओवादी केन्द्रका तर्फबाट मतगणना प्रतिनिधि समेत रहेका यश्वर सापकोटाको बयान)

२०७४ जेठ ६ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...