राजीनामा दिएर हिडेका गृहमन्त्री निधि देउवाले रिझाएपछि मन्त्रालय फर्कन तयार

काँग्रेस सभापति शेरबहादुर देउवाले रिझाएपछि विमलेन्द्र निधि गृहमन्त्रालय फर्किन तयार भएका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोगको विषयलाई लिएर टाढिएका देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच एक घण्टा लामो संवाद भएको छ। 

बुधबार साँझ पार्टी कार्यालयमा सभापति देउवा र निधिबीच झण्डै एक घण्टा कुरा भएको पछिल्लो केही दिनदेखि दुबैलाई एकठाँउ ल्याउन निरन्तर प्रयास गरिरहेका काँग्रेसका एक नेताले इमान्दार मिडियालाई बताए ।

‘दुई जनाको भेटपछि आपसमा देखिएको विवाद र असमझदारी हटाउने र लामो समयदेखि दुई जनाबीच कायम सहयात्रालाई बलियो बनाएर लैजाने सहामति भएको छ ।' ति नेताले भने

काँग्रेस-माओवादी गठबन्धन निर्माणदेखि संविधान संशोधन प्रक्रियामा असन्तुष्ट मधेसीमोर्चालाई सहमतिमा ल्याउन निधिले महत्वपूर्ण भूमिका खेलेको भन्दै भेटमा सभापति देउवाले उनको प्रशंसा गरेका थिए। अहिले मुलुक निर्वाचनमा होमिएको बेला गृह मन्त्रालयको जिम्मेवारीमा फर्कन देउवाले निधिलाई आग्रह गरेको ती नेताले बताए। 

मुलुक पहिलो चरणको स्थानीय तह निर्वाचनमा होमिएको बेला गृह मन्त्रालयको जिम्मेवारी बहनबाट बाहिर बस्दा यसले सरकार, पार्टी र निधि स्वयंलाई पनि असर पार्ने विषयमा गम्भीर भएर सोच्न सभापति देउवाले निधिलाई सम्झाएका थिए। देउवाको आग्रह पछि निधि गृह मन्त्रालय फर्कन सहमत भएको ती नेताले दाबी गरे। 

प्रधानन्यायाधीश कार्कीविरुद्ध कांग्रेस र माओवादीका २ सय ४९ सदस्यले वैशाख १७ गते संसदमा महाभियोग दर्ता गरेपछि उक्त विषयमा आफूसँग कुनै सरसल्लाह नगरेको भन्दै निधिले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। 

पछिल्लो समय दुई नेताबीच सामान्य भेटवार्ता पनि हुन नसकेको अवस्थामा कांग्रेसमा संस्थापन पक्षका नेताहरू गोपालमानसिंह श्रेष्ठ, प्रदिप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी, रमेश रिजाल, बालकृष्ण खाँण र रमेश लेखक, एनपी साउद, मीन विश्वकर्मा, सांसद नारायण कार्कीलगायतका नेताहरुले दुबै जना जसरी पनि मिल्नुपर्ने र विवाद सुल्झाउनु पर्ने दवाब दिएका थिए। 

२०७४ बैसाख २१ मा प्रकाशित ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...